यसवर्ष सुदूरपश्चिममा धान उत्पादन बढ्ने

धनगढीः सुदूरपश्चिम प्रदेशमा यसवर्ष धानको उत्पादन बढ्ने आकलन सरकारले गरेको छ । पर्याप्त वर्षा र अनुकूल मौसमका कारण धान उत्पादन बढ्ने आकलन गरिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले बताए ।
गत वर्ष भन्दा धान उत्पादन केही बढ्ने आकलन गरिएपनि एकिन तथ्यांक आउन बाँकी रहेको बोहराले बताए । बाढी, पहिरो, डुबानको समस्या र रोग किराको समस्या देखिएका क्षेत्रमा उत्पादन घट्ने देखिएपनि समग्रमा प्रदेशभरी पाँचदेखि दश प्रतिशत वृद्धि हुने अनुमान रहेको बोहराले जानकारी दिए ।
क्षेत्रीय कृषि विकास निर्देशनालयले प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा धानखेती हुने तथ्यांक राखेको छ । धान कैलाली कञ्चनपुरमा धेरै खेती गरिन्छ । कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुन्छ ।
पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धानखेती हुन्छ । जिल्लागत रुपमा सबै भन्दा बढी धान उत्पादन कैलालीमा तीन लाख तीन हजार ६९५ मेट्रिक टन हुने गरेको छ ।
प्रदेशको खेतीयोग्य जमिनको ५४ प्रतिशत जग्गामा सिँचाइको सुविधा रहेको र बाँकीमा आकासे पानीका भरमा खेती हुने निर्देशनलायले जानकारी दिएको छ । प्रदेशका अधिकांश जिल्लामा चाड पर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाइन्छ ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया