बुटवलमा सिद्धार्थ केवलकारको शिलन्यास

बुटवल : बुटवलमा सिद्धार्थ केवलकारको शिलान्यास भएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमै वसन्तपुर जोड्ने फागुन १ गते लुम्बिनी केवलकारको शिलान्यास गरेका थिए । बुटवलको शिर नुवाकोट गढीसम्म पुग्ने सिद्धार्थ केवलकारको शिलान्यास आइतबार अर्थमन्त्री विष्णु पौडेलले आइतबार गरे ।
बुटवलबाट पाल्पाको नुवाकोट गढीसम्म सञ्चालनमा आउने सिद्वार्थ केवलकार आयोजनाको शिलान्यास भएको हो ।
बुटवल तथा यस आसपासका ब्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने लक्ष्य राखिएको सिद्वार्थ केवलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङ्गले जानकारी दिए । करिव ८० करोडको लगानीमा निर्माण हुन गइरहेको यो केवलकारले बुटवलको पर्यटन ब्यवसायलाई गति दिने विश्वास कम्पनीको छ ।
अध्यक्ष गुरुङ्गका अनुसार यो केवलकारमा २५ वटा गण्डोल हुने र दैनिक ५ हजार ब्यक्तिलाई ओहोरदोहोर गराउन सकिने छ । जसमा एकतर्फी रुपमा जान वा आउन ८ मिनेटको समय लाग्ने छ । यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एण्ड रोप वे सर्भिसेजसँग सम्झौता भइसकेको छ ।
यसको मुख्य विशेषता नेपालमा केवलकारको निर्माणमा जनशक्तिको अभाव भइरहेको अवस्थामा यो परियोजनामार्फत् बुटवल टेक्निीकल इन्स्टिच्यूटले प्रविधि भित्र्याउँदै छ । ‘हामीले प्रविधि भित्र्याउने मात्र हैन जनशक्ति उत्पादन गर्नका लागि आवश्यक तयारी गरेका छौँ, इन्स्टिच्यूटका कार्यकारी निर्देशक पीएल श्रेष्ठले भने । वि.सं २०५५ मंसिर ८ गतेदेखि पहिलो केबलकारको रुपमा मनकामना केबलकार सञ्चालनमा आएपछि पर्यटन ब्यवसायमा यसको प्रभावकारिता बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा चन्द्रागिरी केवलकार संचालन गरेका नेपालका प्रतिष्ठीत व्यवसायी चन्द्र ढकालले यस अघि बुटवलमै केवलकार निमार्णको थालनी गरिसकेका छन् । उनले एक वर्षभित्रै केवलकार निमार्णको कार्य सकिने दावी गरे ।
पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे श्रृखलाको पानी ढलको भूभाग हो । यो ऐतिहासिक र पुरातात्विक स्थल हो । नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो । कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चावन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया