ज्योति लाइफ इन्स्योरेन्सलाई आइपीओ जारी गर्न अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ६६ करोड रुपैयाँबराबरको साधारण सेयर (आइपीओ) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ६६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई आईपीओ बिक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटललाई दिइएको छ ।
कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्बको लागि ६६ करोड बराबरको आईपीओ जारी गर्न लागेको हो । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ जारीगरेपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ ।

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

प्रतिक्रिया