नेप्सेमा सामान्य वृद्धि
जलविद्युत र म्युचुअल फन्डका लगानीकर्ता मालामाल

काठमाडौं : सेयर बजार मापन गर्ने नेप्से परिसुचक ३ दशमलव ६६ अंकले सामान्य वृद्धि भएको छ । आइतबार शून्य दशमलव १४ प्रतिशतले बढेर नेप्से २६४० दशमलव ३४ बिन्दूमा पुगेको हो । नेप्सेमा सामान्य वृद्धि भए पनि 'क' वर्गका कम्पनीहरूको सेयर मापन गर्ने सेन्सिटिभ परिसुचक २.२ अंकले घटेको छ ।
सबैभन्दा बढी जलविद्युत समूहको परिसुचकमा वृद्धि भएको छ । आइतवार ९१ हजार ३७८ पटकको व्यापारमा ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको सेयर कारोबार भएको छ । यसबीच २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता सेयर खरीदबिक्री भएको छ ।
कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल बैंकले ओगटेको छ । बैंकको ६१ करोड ४२ लाख ६२ हजार बराबरको सेयर कारोबार भएको छ । बैंकिङ समूहको परिसुचक ० दशमलव ३७ प्रतिशत, फाइनान्स ० दशमलव ३५ प्रतिशत, निर्जीवन बीमा ० दशमलव ६४ प्रतिशत, लघुवित्त १ दशमलव ०१ प्रतिशत र जीवन बीमा समूहको परिसूचक १ दशमलव ९६ प्रतिशतले घटेको छ ।
म्युचुअल फण्ड र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । म्युचुअल फण्ड समूहको सर्वाधिक ६ दशमलव ४ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ४ दशमलव २९ प्रतिशत बढेको हो ।
त्यस्तै यो दिन व्यापारिकको शून्य दशमलव ५४ प्रतिशत, होटलको शून्य दशमलव ५९ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ८ प्रतिशत र अन्यको १ दशमलव ८८ प्रतिशत परिसूचक बढेको छ ।

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

प्रतिक्रिया