मामाले यसरी गरे आफ्नै भान्जाको अपहरण

जनकपुरधाम : आफ्नै भान्जाको अपहरण गर्ने एक युवकलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका ७ निवासी लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो । अनुन्धानको क्रममा अपहरित बालकको बुवा रमेश दास र एक जना महिलालाई पनि पक्राउ गरिएको थियो । घटनामा संलग्नता नदेखिएपछि बालकका बुवा रमेशलाई भने प्रहरीले छाडेको छ ।
यसरी गरिएको थियो अपहरण
शनिबार दिउँसो २ः३० बजेको समयमा जनकपुरधाम ७ माछा बजार नजिक कटैया चौरीमा डेरा गरी बस्दै आएका २० वर्षिय पिपरा निवासी लक्ष्मेश्वर दास आफ्ना भिनाजु रमेश दासको गाउँ नगराइन नगरपालिका ६ लगमा पुगे । लगमा पुग्ने बित्तिकै भिनाजुको घर नपुग्दै पसल जान हिडेँका ७ वर्षिय भान्जा चन्दन दासलाई घुम्न जाउँ भनेर बाटोबाटै मोटरसाइकल राखेर त्यहाँबाट लगेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
घटना बारे जानकारी दिदैं उनले भने ‘लगमाबाट लक्ष्मेश्वरले चन्दनलाई आफू बस्दै आएको डेरा ढोका थुनेर मुख बाँध राखेको रहेछ । चन्दन हराएको भनेर दिदीको फोन उनै लक्ष्मेश्वरलाई आयो ।’ दिदीको फोन आउने लगतै मोबाइलमा रुमाल बाँधेर आवाज परिवर्तन गरी लक्ष्मेश्वरले आफ्ना दिदी र भिनाजुसँग एक करोड रुपैया फिरौती माग गरे । चारपाँच वटा सिम प्रयोग गरेर विभिन्न नम्बरबाट लक्ष्मेश्वरले फिरौती माग गरे ।
नाटकीय रुपमा लक्ष्मेश्वरले भिनाजुसँग मोटरसाइकलमा बसेर चन्दनलाई खोज्न विभिन्न ठाउँमा पुगे । घटनाको करीब ३ घण्टापछि गाउँमा लग्मा प्रहरी चौकीमा बालकको अपहरण भएको निवेदनसमेत भिनाजुसँगै गएर लक्ष्मेश्वरले दर्ता गराए । प्रहरीलाई जानकारी भए लगतै प्रदेश प्रहरीको प्राविधिक टीमको सहयोगमा फिरौती माग गरिएका मोबाइलहरुलाई ट्रेस गर्दा जनकपुरधामको कटैया चौरीबाट फोन गरिएको खुल्न आएपछि खोजतलास गर्दा घटनाको करीब ७ घण्टापछि लक्ष्मेश्वर भाडामा बस्दै आएको सरोज ठाकुरको घरबाट बालकको उद्धार गरियो ।
अनुसन्धान गर्दै जाँदा बन्धक बनाई बालक चन्दन राखिएको कोठा लक्ष्मेश्वरले भाडा लिएको खुल्न आएपछि,उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालियो । लक्ष्मेश्वरसँगै बालकको बुवा रमेश पनि रहेको कारण तिनलाई पनि अनुसन्धानको क्रममा लिइएको थियो । तरपछि बालकका बुवा रमेशको संलग्नता नदेखिएपछि सोधपुछ पछि छाडियो । घटनामा संलग्न रहेको आशंकामा घरधनी सरोज ठाकुरको घरबाट एक महिलालाईसमेत नियन्त्रणमा लिइएको छ । तर, अनुसन्धानकै क्रममा रहेको कारण प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।यसअघि प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरजप्रताप सिंहले घटनामा बुवा रमेश, मामा लक्ष्मेश्वर र अन्य एकजनासहित तीनजनालाई नियन्त्रणमा लिइएको जनाएको थियो ।
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया