‘पिके’को सिक्वेल बन्दै, रनवीर कपुर बन्नेछन् नयाँ एलियन

मुम्बई : ६ वर्ष अघि प्रदर्शन भएको आमिर खान अभिनीत ‘पिके’को दोस्रो भाग आउने भएको छ । निर्माता विधु विनोद चोपडाले यसको संकेत गरेका हुन् । उनले लेखक अभिजात जोशीले फिल्मको पटकथा लेखेर सक्ने बित्तिकै यसको दोस्रो भाग बन्ने जनाएका छन् ।
फिल्मको दोस्रो भागमा रनवीर कपुर रहनेछन् । फिल्मको अन्त्यमा अर्को ग्रहबाट आएका आमिर खान उतै फर्किएका थिए । यही समयमा रनवीर कपुर पृथ्वीमा झरेको देखाइएको थियो । यहीँबाट कथा अगाडि बढ्ने विश्वास गरिएको छ । तर, विधु विनोद चोपडाले सिक्वेल व्यापारिक स्वार्थले प्रेरित नभई कथाको माग अनुसार आउने बताएका छन् । उनले पैसाको लोभले फिल्म बनाउन लागेको भए ‘मुन्नाभाइ’को ५÷६ वटा सिक्वेल बन्ने पनि जनाएका थिए ।
यसैबीच फिल्मका निर्देशक राजकुमार हिरानीले रनवीर कपुरलाई नै लिएर ‘सन्जु’ निर्देशन गरेका थिए भने पछिल्लो समय उनले शाहरुखलाई लिएर नयाँ फिल्म बनाउने तयारी गरिरहेको समाचार सार्वजनिक भएका छन् । यतिबेला रनवीर कपुर भने ‘ब्रम्हास्त्र’को अन्तिम सेड्युल सुटिङ गरिरहेका छन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया