प्रदेश २ प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

जनकपुरधाम : नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई जनकपुरधाममा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ ।आइतबार पदस्थापनका लागि प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम आइपुगेका पझालाई नकपा ओली समूहका नेता कार्यकर्ताहरुले विमानस्थलमै माला लगादिएर स्वागत गरेका हुन् ।
दिउंसो ४ बजेर ४५ मिनेटमा जनकपुरधाम विमान स्थल आइपुगेका प्रदेश प्रमुख झालाई प्रदेश सरकारको तर्फबाट विमानस्थलको भीआईपी कक्षमा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले स्वागत गरेका थिए । झा विमानस्थलबाट कडा सुरक्षाका बीच नेकपा ओली समूहको नेता कार्यकर्तासँगै प्रदेश प्रमुख कार्यालय पुगे । कार्यालयमासमेत नेकपा ओली समूहका नेताहरुले फुलमालाले स्वागत गरे ।
वर्तमान प्रदेश प्रमुख झा मधेश केन्द्रीत दल विरोधी रहेको भन्दै प्रदेश सरकारका मन्त्रीहरुले कडा आलोचना गरेका थिए । संचारकर्मीसँगको कुराकानीमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मधेश विरोधीलाई प्रदेश सरकारले स्वीकार नगर्ने भनी प्रतिक्रिया दुई दिनअघि दिएका थिए । यता मुख्यमन्त्री लालबाबु राउतले इकागजसँग कुरा गर्दै केन्द्र सरकारको निर्णय हो मान्नैपर्ने बाध्यता रहेको बताएका थिए । यसअघि तिलक परियार प्रदेश प्रमुखको रूपमा नियुक्त भएर जनकपुरधाम आउँदा विमान स्थलमा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्रीहरू स्वागत गर्न पुगेका थिए ।

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति यादव

ईदले नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्छ : प्रचण्ड

प्रतिक्रिया