पूर्वमाओवादीलाई बाबुरामको प्रश्न : ओलीको सती जाने कि नयाँ समाजवादी बाटो बनाउने ?

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सती नजान आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम विवाद भइरहेका बेला सोमबार भट्टराईले ट्वीट गर्दै यस्तो आग्रह गरेका हुन् ।
भट्टराईले ओली कुबाटोमा लागेको उल्लेख गरेका छन् । उनले प्रश्न गरेका छन् 'अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?'
र, यो पनि
- पार्टी फुटाउने विदेशी शक्तिहरुको चाहना कसैबाट पूरा नहोस् : नारायणकाजी
- पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छः महासचिव पौडेल
- घिसिपिटी गर्नुभन्दा पार्टी फुटाऔँ : प्रधानमन्त्री ओली
- पार्टी फुट्ने संकेत देखिएको छैन : प्रधानमन्त्री ओली
- दाहालले काठमाडौं बोलाए आफू निकट स्थायी समिति सदस्य
'विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ?' भट्टराईले ट्वीट गरेका छन् 'ओली आफ्नो कुबाटोमा दृढ छन्: अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?'
कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका नेताले अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको संघारमा पुगेको छ । यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका थिए ।
विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाॅकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको?ओली आफ्नो कुबाटोमा दृढ छन्;अरू उनको सती जाने कि बेलैमा नयाॅ समाजवादी बाटो बनाउने?
— Baburam Bhattarai (@brb1954) November 2, 2020

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया