कांग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा, अवस्था गम्भीर

काठमाडौंः कोभिड–१९ संक्रमित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखिएको छ । ५४ वर्षीय विश्वकर्मालाई कार्तिक १ मा कोभिड पोजेटिभ देखिएको थियो ।
एक हप्तासम्म उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा थप समस्या आएपछि उनी कार्तिक ९ गते वीर अस्पताल भर्ना भएका थिए । वीरबाट १२ गते उनलाई ग्राण्डी अस्पताल लगिएको थियो ।
आईसीयूमा उपचारत विश्वकर्मालाई शनिबार भेन्टिलेटरमा सारिएको ग्राण्डी अस्पतालका एक चिकित्सकले जानकारी दिए । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था निकै नै गम्भीर बन्दै गइरहेको छ ।

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्ण : प्रमुख सचेतक

स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

ओली र मोदीबीच बैंककमा 'साइडलाइन' भेटवार्ता हुने

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

प्रतिक्रिया