सकियो ‘मनसँग मन’को छायांकन
काठमाडौं : चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार कालिञ्चोकका रमणिय स्थानमा चलचित्रमा समावेश एक गीतको सुटिङ गरेसँगै सम्पूर्ण छायांकन सकिएको हो ।
‘सही दिउँला तिम्रो लागि’ बोलको गीतको छायांकन कालिञ्चोकमा गरिएको हो । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रमा अरुण तामाङको लगानी छ । छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।
अर्जुन जीसीको सम्पादन रहेको चलचिमा सन्तोष खवासको एक्सन छ । चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने बताइएको छ । यो चलचित्रमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ । कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया