शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

एभरेष्‍ट बैंकको बोनस सेयर नेप्‍सेमा सूचिकृत

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडको बोनस सेयर नेपाल स्‍टक एक्‍सचेञ्‍ज (नेप्‍से) मा सूचिकृत भएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

४२ लाख ३५ हजार १ सय ३ दशमलव ४२ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकले ५ प्रतिशत बोनस सेयर र नगद लाभांश र बोनस सेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांस गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२ औँ बैठकले सो दरमा लाभांस वितरण गर्ने निर्णय गरेको थियो ।