वयस्क फिल्म खेलेकी बेलालाई अन्तरंग दृश्य गर्दा असजिलो

लसएन्जल्स : अभिनेत्री बेला थ्रोनले कुनै समय आफैंले एडल्ट फिल्म निर्देशन गरेकी थिइन् । बेला स्वयंले अभिनय गरेको ‘हर एन्ड हिम’ पोर्न हबमा पनि रिलिज भएको थियो । तर, उनले फिल्म भित्रका अन्तरंग दृश्यमा अभिनय गर्न असजिलो हुने बताएकी छिन् ।
‘सुटिङ सेटमा यस्ता दृश्यमा अभिनय गर्न जहिलै असजिलो लाग्छ । तर मेरो चरित्रका लागि त्यस्ता दृश्य आवश्यक छन् भन्ने लाग्छ भने असजिलोसहित गर्छु,’ थ्रोनले भनेकी छिन् । उनले आफू लेखक भएकाले यस्ता दृश्य किन चाहिन्छ भन्ने कुरासँग भने जानकार रहेको पनि बताएकी छिन् । तर, कतिपय मानिसहरू भने विना काम पनि महिलालाई क्यामराको अगाडि नंग्याउन तम्सने गरेको उनको अनुभव छ ।
‘यहाँ केही यस्ता मान्छे पनि छन् जो महिलालाई यत्तिकै पनि क्यामरा अगाडि नंग्याउन चाहान्छन् । यस्ता फिल्म गर्ने बेलामा तपाईं चनाखो बन्नु पर्छ । यस्ता मान्छे भेट्यो भने चैं मलाई साह्रै असजिलो लाग्छ,’ उनले भनेकी छिन् ।
बेलाले के यस्ता दृश्य महिला निर्देशक भएको फिल्ममा गर्दा चैं सजिलो महसुस गर्ने गरेकी छिन् ? बेलाले महिला निर्देशकले हाँकेका सेटमा पनि खराब अनुभवबाट गुज्रन परेको बताएकी छिन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया