खतिवडाविरुद्ध उजुरी गर्ने व्यक्ति ‘गायब’

काठमाडौं : पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाविरुद्ध संसदीय समितिमा उजुरी गर्ने व्यक्ति समितिमा अनुपस्थित भएका छन् । प्रस्तावित राजदूतका विषयमा छलफल गर्न सोमबार बोलाइएको संसदीय सुनुवाई समितिमा उजुरीकर्ता उपस्थित भएनन् ।
उजुरी कर्ता नै समितिको सम्पर्कमा नआएपछि संसदीय सुनुवाईको प्रकृया अगाडि बढेको सभापति लक्ष्मणलाल कर्ण जानकारी दिए । उनका अनुसार प्रस्तावित राजदूत खतिवडा लगायतको सुनुवाइ कात्तिक २७ गते गर्ने निर्णय समितिले गरेको छ । सरकारले डा.खतिवडालाई अमेरिकाको राजदूतका लागि प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव संसदको संसदीय सुनुवाई समितिमा पुगेपछि समितिले दश दिनको म्याद राख्दै असोज २१ मा उजुरी गर्न आह्वान भएको थियो ।
समितिको उजुरी आह्वानपछि खतिवडाविरुद्ध तीनवटा उजुरी परेका थिए । समितिले कार्तिक ३ गते प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीहरुमाथि अध्ययन थालेको थियो । समितिले उजुरी कर्तालाई सम्पर्क गरेर थप प्रमाण माग्ने प्रयास गरेपछि उजुरीकर्ता संसदीय समितिको सम्पर्कमा आएनन् । कार्तिकको पहिलो हप्ता समितिले उजुरीकर्तालाई थप प्रमाणसहित १७ गते उपस्थित हुन आग्रह गरेको थियो ।
त्यस्तै बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध पनि समितिमा एउटा उजुरी परेको थियो । उनी विरुद्ध उजुरी गर्ने उजुरी कर्ता पनि संसदीय समितिको सम्पर्कमा आएनन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया