हाइड्रोको सेयरमा चमक, बैंकको सेयर मुल्य खस्कियो
३२ अंकले खस्कियो सेयर बजार, पुँजीकरण ३५ खर्ब ९३ अर्ब

काठमाडौं : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले खस्किएको छ । १ दशमलव २४ प्रतिशतले घटेर नेप्से २६०७ दशमलव ६७ बिन्दूमा पुगेको हो ।
जलविद्युत समूह र अन्य समूहबाहेक सबै समूहको परिसुचक खस्किएपछि नेप्से ओरालो लागेको हो । जलविद्युत समूहको परिसुचक २ दशमलव २६ प्रतिशतले बढेको छ । जलविद्युत समूहमा उछाल आउँदा अँखुखोला जलविद्युत कम्पनीको सेयर मुल्यमा सर्किट ब्रेकर नै लाग्यो । अपर तामाकोशीको सेयर मुल्यमा समेत ९ दशमलव ९ दशमलव ८३ प्रतिशतले बढेको छ ।
खानीखोला हाइड्रो, शिवश्री हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रोपावर र राधी जलविद्युतको सेयर मुल्यमा उच्चदरमा वृद्धि भएको छ ।
सोमबारको कारोबारमा ट्रेडिङ समूहको परिसुचकमा सबैभन्दा ठुलो गिरावट आयो । ट्रेडिङ समूहमा ३ दशमलव ०२ प्रतिशतले घटेर २९७२ दशमलव ८ बिन्दूमा पुगेको छ ।
बैंकिङ समूहको परिसूचक २ दशमलव ७२ प्रतिशतले घट्यो । यो परिसूचक १८७६ बिन्दूमा पुगेको छ । २ दशमलव ३५ प्रतिशतले घटेर विकास बैंकको परिसूचक २६८९ दशमलव ४५ बिन्दूमा पुगेको छ ।
सोमबार ८ अर्ब ४० करोड रुपैयाँ बराबर कारोबार पुगेको छ । ७८ हजार ८ सय ५८ पटकको कारोबारमा दुई करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी कारोबार एनआइशी एसिया बैंकको भएको छ । ३८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको यो बैंकको सेयर मुल्य ९ सय १८ रुपैयाँ छ । निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबर कारोबार भएको छ । बजार पुँजीकरण ३५ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया