प्रधानमन्त्री कञ्चनपुरमा, निर्मला पन्तलाई न्याय माग्ने ६ जना पक्राउ

धनगढी : कञ्चनपुरको दैजीमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेका बेला बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायको माग गरिरहेका अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
'निर्मलाको हत्यारा खै ?, 'निर्मलालाई न्याय दे' लेखिएको टिसर्ट लगाएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले अहिलेसम्म सकेको छैन ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया