सोमबार १५ बैशाख, २०८२
Monday, April 28, 2025

मजदूर आन्दोलनमा उत्रिएपछि तनहुँ जलविद्युत आयोजनाको काम प्रभावित

तनहुँः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम सिनो हाइड्रोका मजदूर आन्दोलनमा उत्रिएपछि प्रभावित भएको छ । एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदूर कोरोना परीक्षणका लागि पीसीआर गर्नुपर्ने मागसहित मजदूर शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन् । 

मजदूर आन्दोलनमा उत्रिएपछि निर्माणको काम प्रभावित भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले बताए । आयोजनाका एक मजदूरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै मजदूर र परिवारको पीसीआर परीक्षण गर्न माग गर्दै मजदूर आन्दोलित भएका छन् ।

शुक्रबार दिउँसोदेखि आन्दोलित मजदूर साँझ क्याम्पमा फर्किएका र अहिले छलफलको तयारी भइरहेको आयोजना प्रमुख घिमिरेले बताए । अहिले यस क्षेत्रका जनप्रतिनिधि, निर्माण कम्पनी, मजदूरलाई राखेर मागका विषयमा सहमति गराउने प्रयास भइरहेको छ । 

आयोजनाको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रोले विद्युतको काम गरिरहेको छ । विद्यृत्गृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम सम्पन्न भइसकेको छ । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।