५ लाख बराबरको सामान बरामद

जनकपुरधाम : धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट मलखाद्य, लता कपडा र मटरसहित करीब ५ लाख रुपैयाँ बराबरको सामाग्री बरामद गरेको छ ।
जिल्लाको विदेह नगरपालिका-१ ठाडी गाउँबाट विशेष सूचनाको आधारमा स्थानीय लालबाबु पंजियारको घरबाट प्रहरी चौकी ठाडी झिजाबाट खटिएका प्रहरी टोलीले आइतबार छापामारी गरी एक लाख रुपैयाँ मूल्य बराबरको मलखाद्य बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यस्तै विदेह नगरपालिका-५ बाट भन्सार छली गरी भारतबाट ल्याइएको दुई वटा मोटरसाइकलसहित दुई लाख ११ हजार २ सय ५० सेतो मटर र नगराईन नगरपालिका-२ बाट पनि भन्सार छली गरी ल्याइएको एक मोटरसाइकलसहित ९० हजार रुपैयाँ बराबरको रेडिमेड कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले बताए ।
बरामद गरिएका सामाग्रीहरु आवश्यक कारवाहीको भन्सार कार्यालय जनकपुरधाममा पठाइएको छ ।

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_J2QatBwaWo_g4zc4icq3godjbsjbxemumdpntske0kzryhzozhnvwc2icec6hfvhxncu6or.jpg)
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण

आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै

रौतहटमा १४ वर्षीय बालकको हत्या, पाँच दिनपछि भेटियो शव

प्रतिक्रिया