नेकपामा विभाजनको दुर्भाग्य कसरी निम्तियो ? यसो भन्छन् ईश्वर पोखरेल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा विभाजनको दुर्भाग्य निम्तिन लागेको भन्दै जोगाउन आग्रह गरेका छन् । सोमबार पोखरेलले ट्वीट गर्दै पार्टीमा विभाजनको दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनेर खवरदारी गर्न आग्रह गरेका हुन् ।
उनले तत्कालिन नेकपा एमाले र माओवादी एकताका बेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको उल्लेख गरेका छन् ।
र, यो पनि
- पार्टी फुटाउने विदेशी शक्तिहरुको चाहना कसैबाट पूरा नहोस् : नारायणकाजी
- पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छः महासचिव पौडेल
- घिसिपिटी गर्नुभन्दा पार्टी फुटाऔँ : प्रधानमन्त्री ओली
- पार्टी फुट्ने संकेत देखिएको छैन : प्रधानमन्त्री ओली
- दाहालले काठमाडौं बोलाए आफू निकट स्थायी समिति सदस्य
'एकताका बेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो' पोखेरलले ट्वीट गरेका छन् 'त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!'
नेकपा फुट्ने समाचार सार्वजनिक भइरहेको बेला पोखरेलको यो धारणालाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!
— Ishwar Pokhrel (@IshwarPokhrel) November 2, 2020

अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

प्रतिक्रिया