ओलीको स्वेच्छाचारीता अन्त्यका लागि निर्वाचन आवश्यक : कमल थापा

हेटौंडा : राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता अन्त्यका लागि निर्वाचन आवश्यक रहेको बताएका छन् । मंगलबार हेटौंडामा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष थापाले प्रतिनिधि सभा विघटनसम्बन्धि अस्पष्टता हटाउन सर्वोच्च अदालतले यसबारे थप व्याख्या दिनुपर्ने बताए ।
राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त निर्वाचन उपयुक्त हुने थापाको भनाइ थियो । 'अपवित्र गठवबन्धन बनाएर सरकार बनाउन कंग्रेसलाई जनताको म्याण्डेट थिएन, काग्रेसले सत्ताको लोभ देखायो भने कंग्रेस पनि जनताको नजरबाट खस्नेछ,' थापाले भने ।
निषेधको राजनितिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्ने उनको भनाइ छ । थापाले बिगत १४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भन्दै त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्ने बताए ।
स्वाधिन ,सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने थापाको भनाइ छ ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया