एनएमबी बैंककाे सापटी सातै दिन, मोबाइलबाटै प्राप्त गर्न सकिने

काठमाडौं : एनएमबी बैंकले ‘एनएमबी सापटी’ नामक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरू गरेको छ । जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।
याे ‘नेपालमै पहिलो पटक’ चौबीसै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाइकनै मोवाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।
‘एनएमबी सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो,’ बैंकका सीईओ सुनिल केसीले भने, ‘एनएमबीमा तलव खाता भएका तलवी कर्मचारीहरुलाई एक लाख रुपैँयासम्म दिनमा चौबीसै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ ।
ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।’ उनले बैंकको सापटी योजना डिजिटल बैंकिङ्गमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग भएको उल्लेख गर्दै यसले ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिबृद्धि गर्ने बताए ।
‘एनएमबी सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्छ,’ उनले भने, ‘यो सेवा सुरक्षित र महामारीको विद्यमान समयमा मानिसहरुसँग प्रत्यक्ष सम्पर्क बिना नै लिन सकिन्छ ।’

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_XUvdg3cXt5_1yeehguqlqp2mtjuccd2digupwofsy690ibu9qmxjnqq5qogdvqw0s7h8vji.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया