थपिए ११० कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ११० जनामा कोभिड-१० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
त्यस्तै कोभिडका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोभिडका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई हजार ६५ जना पुगेको छ ।
नेपालमा थप १०२ जना कोभिडमुक्त हुँदा हालसम्म २ लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल १५ सय ३३ जना आइसोलेसनमा छन् भने ६५ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४६ हजार ५३३ वटा पीसीआर गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया