श्रीमती हत्या आरोपमा पक्राउ

काठमाडौँ : दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविरमा ५५ वर्षीय सरे राईलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको प्रहरीले जनाएकाे छ ।
श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरीले दमक नगरपालिका-२ स्थित एकघरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । अभियुक्त तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया