साढे २५ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्लाको सीमावर्ती क्षेत्र जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित महोत्तरीका टेन्ट ब्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादवलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
उनकाअनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले साढे २५ लाख हुण्डी रकमसहित नेपालबाट भारततर्फ जाँदै गर्दा जटही नाकाबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट प्रहरीले एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया