प्रयोगशालाहरूको लापरवाहीले संक्रमितले बिमा भुक्तानी पाएनन् : मन्त्रालय

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाहरूको लापरवाहीले संक्रमितले समयमा बिमा भुक्तानी नपाएको बताएको छ ।
‘प्रयोगशालाहरुले नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनुपर्नेमा नपठाएको’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसबाट बिमित व्यक्तिहरूलाई पर्न जाने कठिनाइप्रति सम्बन्धित प्रयोगशाला जिम्मेवार हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरणहरू उपलब्ध नभएमा कोभिड बिमा दाबी प्रमाणीकरणका लागि अयोग्य ठहरिने मन्त्रालयले बताएको छ ।
तोकिएको समयभित्र ढाँचा र विवरण नपठाउनेहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया