कोभिड-१९ : एकै दिन थपिए ५ हजार ८ जना संक्रमित
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड-१९ का संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । जसअनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना छन् ।
त्यस्तै २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।
त्यस्तै काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया