सर्वोच्चले दर्ता गर्यो स्वास्थ्यमन्त्रीविरूद्धको निवेदन

काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्धको अवहेलना मुद्धा सर्वोच्च अदालतले दर्ता गरेको छ । हिजो पेश भएको निवेदनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाउन लगाएर आज मात्रै निवेदन दर्ता गरेको हो।
कोरोनाको सबै उपचार सेवा निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको भन्दै आइतबार अधिवक्ता लोकेन्द्र वली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरूद्ध अवहेलनाको निवेदन सर्वोच्चमा पेश गरेका थिए।
असोज १५ गते सर्वोच्च अदालतले सरकारी निकायबाट कोरोना उपचार गर्दा शुल्क नलिन आदेश गरेको थियो। सरकारले भने असोज १९ गते नै कोरोनाको उपचार गर्दा शुल्क लिने निर्णय गरेको थियो।
सर्वोच्चको फैसला विपरीत उपचारमा शुल्क लिने सरकारको निर्णय सरासर सर्वोच्च अदालतको फैसलाको उल्लंघन र अनादर भएको भन्दै आफूहरूले निवेदन दर्ता गरेको निवेदकमध्येका एक ओलीले बताए ।
न्याय प्रशासन ऐनमा अवहेलनाको आरोप प्रमाणित भए एक वर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया