फैसलाको स्वागतमा पोखरामा दीपप्रज्वलन

पोखरा : संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा दीपप्रज्वलन गरिएको छ । मंगलबार सर्वोच्चले संसद् विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि फैसलाको स्वागतमा दीपप्रज्वलन गरिएको हो ।
पोखराको पृथ्वीचोकमा दाहाल–नेपाल समूहका नेता, कार्यकर्ताहरूले सर्वोच्चको निर्णय स्वागतयोग्य, संवैधानिक र व्यवस्थाको बचाउमा रहेको भन्दै दीप प्रज्वलन गरेका हुन्। उनीहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गर्दै राजीनामा दिनुपर्ने माग गरेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला सुनाएको थियो । प्रतिनिधि सभा विघटनको सरकारी निर्णय बदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_R1J8et6PMv_fvxsdosrsmwshy025xkm9a2nroch1kzoqvpqacwewdellsyempvinleav7jl.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया