आयोगले माग्यो स्थानीय तहका रिक्त पदको सूची

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदको संख्या र स्थान सरकारसँग माग गरेको छ । आयोगले सरकारसँग माग गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नाम उपलब्ध गराउन सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको हो । मन्त्रालयले सोमबार तीन दिनभित्र रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सहज भएको खण्डमा उपनिर्वाचन गराउन तयारी अवस्थामा रहन सूची मागिएको जानकारी दिए । ‘आयोगले असोज मसान्तसम्म रिक्त स्थानीय तहका पदको सूची सरकारमार्फत् मागिएको हो’ उनले भने ।
मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले सूचनामा जारी गरेर रिक्त स्थान र पदको नाम पठाउन निर्देशन सबै जिससलाई निर्देशन दिइएको जानकारी दिएकी छन् ।
निर्वाचन आयोगले रिक्त पदको विवरण मागेपछि यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो । तर समयमा पदाधिकारीको विवरण नपठाएपछि पुनः तीन दिनभित्र पठाउन मन्त्रालयले ताकेता गर्दै पत्र पठाएको हो ।
मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको अधिकृत कर्णद्वारा जारी सूचनामा उल्लेख छ ।
सरकारले यसअघि रिक्त पदाधिकारीको विवरण संकलन गरेर गत संसिरमा रिक्त भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । दाङ र भक्तपुरमा प्रदेशसभा तथा कास्कीमा प्रतिनिधिसभाको निर्वाचन गरिएको थियो । धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया