अदालतको फैसलापछि के भन्छन् गण्डकीका सांसद ?

पोखरा : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते सदन विघटन गर्ने निर्णय गरेपछि १३ वटा रिट दायर भएका थिए । प्रधानान्याधीश चोलेन्द्र शमसेर जबराले मंगलबार प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै बदर भएको फैसला सुनाए । गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र पृथ्वीसुब्बा गुरुङ सरकारको नेतृत्व गरेका छन् ।
प्रतिनिधि सभा विघटनलाई अदालतले बदर गरेसँगै प्रदेश सभाका सांसदले आफ्नो विचार यसरी प्रस्तुत गरेका छन्ः
देश वैदेशिक राष्ट्रको चलखेलमा फस्यो - कृष्ण थापा, नेकपा ओली पक्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीविका, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अभियान चलाउनु भएको छ । प्रधानमन्त्री ओलीले अगाडि सारेको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता हो । त्यही भएर वर्तमान सरकारले प्रतिनिधि सभालाई विघटन गरेरनयाँ जनादेश लिन मध्यावधी निर्वाचनमा जाने निर्णय गरेको थियो । तर देश वैदेशिक शक्तिहरुको दबाबमा परेको छ । उनैको दबाबले नेपालको राजनीति पनि तरंगित हुने गरेको छ । हामी अदालतले गरेको निर्णय स्वीकार्छौँ । अदालतलाई हामी यो–त्यो भन्न सक्दैनौं । तर के भन्न चाहन्छौं भने वैदेशिक राष्ट्रको चलखेलको विरुद्धमा देशभक्त नेपालीहरु एकजुट हुने बेला आएको छ ।
न्यायप्रेमी जनतालाई बधाई - आशा कोइराला, नेकपा-दाहाल नेपाल पक्ष
संविधानको रक्षा भएको छ । अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर साँचो अर्थमा संविधानलाई अक्षरस पालना गर्न लागेको छ । अदालतको यो निर्णय स्वागतयोग्य छ । प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कु अदालतबाट खारेज हुनुभनेको अदालत र न्यायपालिका शक्तिको छायाँमा छैन भन्नु हो । नेपाली जनताको जित हो यो । आन्दोलन मार्फत अभिव्यक्त जनताको अभिमतको कदर जनअपेक्षा सार्थक भएको छ । नेपाली न्यायप्रेमी जनता र जनपक्षीय नेतृत्वलाई हार्दिक बधाई ।
पृथ्वीसुब्बाको सरकार पाहुना - कुमार खड्का, नेपाली कांग्रेस
हामीले सुरुबाट नै संसद विघटनको निर्णय लोकतन्त्र र संविधानको विरोधमा छ भनेर भनिरहेका थियौं । म हिजो संविधान लेखनमा पनि सहभागी भएको हुँदा प्रधानमन्त्रीलाई सदन विघटनको अधिकार छैन भन्नेमा हामी निश्चित थियौं । यदि अदालतले पनि प्रधानमन्त्रीकै कदम सही भनिदिएको भए भोलि यो संविधानलाई कसैले मान्ने थिएनन् । यसले देशलाई थप अराजकतामा धकेल्ने थियो । तर सर्वोच्चले संविधानको व्याख्या सही रुपले गरेको छ र व्यवस्था पनि जोगाएको छ । अहिले अर्को डर पनि छ र त्यो हो संकटकालको घोषणा । विगत केही महिनामा प्रधानमन्त्रीले गर्नुभएका काम छन्, त्यसले उहाँ अतिवादी, निरकुंश कदम चाल्न सक्ने नेताका रुपमा चिनाउनु भएको छ । अब केही दिनको इगोले उहाँले आफूलाई थप खलनायकका रुपमा उभ्याउन पनि सक्नुहुन्छ । उहाँको चरित्र अत्यन्त अराजक पुष्टि बनेको छ र उहाँले जस्तोसुकै निर्णय लिन सक्नुहुन्छ । संकटकाल लगाइहाल्नु भएछ भने पनि अब संसदले त्यसलाई बहुमतले फेल गराइदिन्छ किनकी संविधानतः १ महिनामा सदनबाट संकटकालको निर्णय पास गराउनुपर्ने हुन्छ । अदालतले गरेको निर्णयले प्रदेशमा अोली समर्थकले चाल्न सक्ने पाइला नै रोक्दिसकेको छ । ओली झैं यहाँ पनि भंग गर्दिन्छु भन्नेहरुको मनोबल अब घट्छ । म र मेरा मान्छे भए हुने नत्र भत्काइदिन्छु भन्ने सोचले चलेका मान्छेका मनोइच्छामा अब तुसारापात भएको छ । यदि पृथ्वीसुब्बामा पनि यो सोच थियो भने त्यो बाटो पनि बन्द भइसक्यो । अब प्रदेश सभामा नेकपाको एक समूहले हामी छुट्टियौं भनेर भन्यो भने पृथ्वीसुब्बाले विश्वासको मत लिनुपर्छ र उहाँ सो बेला विश्वासको मत लिन सक्नुहुन्न । यस कारण उहाँको सरकार अब केही समयको पाहुना हो भन्ने मेरो अनुमान छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया