२४ घण्टामा २४ को मृत्यु, २९३३ जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५ सय जन पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार देशभर तीन हजार १ सय ५० जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा २४ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । आइतबार १६ जना कोभिड संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ सय ८४ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा बसिरहेका संक्रमितको संख्या दुई हजार १ सय १९ जना रहेको मन्त्रालयले जनाएको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया