जिरउडको गोलले एथ्लेटिकोमाथि चेल्सीको जित

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा चेल्सी विजयी भएको छ । लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा चेल्सीले एथ्लेटिको मड्रिडलाई १-० गोलले हराएको हो । चेल्सीलाई जिताउन एक मात्रै गोल ओलिभर जिरउडले खेलको ६८ औँ मिनेटमा गरे । उनले बाइसाइकल रुपमा आकर्षक गोल गरेका थिए ।
जितसँगै चेल्सीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब उसले दोस्रो लेगमा एथ्लेटिकोको मैदानमा कम्तीमा बराबरी गर्नुपर्नेछ । यद्यपी पछिल्ला केही वर्षमा दुई पटक फाइनल पुगेर हारेको एथ्लेटिको बलियो टिम मानिन्छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया