मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

‘बी’ डिभिजन लिग फुटबल : खुमलटार विजयी

काठमाडौँ : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका मंगलबार भएको दोस्रो खेलमा युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा खुमलटारले पुल्चोक स्पोर्टस् क्लबलाई ५-२ गेलअन्तरले पराजित गरेको हो ।

खुमलटारका लागि महेश राईले दुई तथा सविन केसी, आयुष घलान र मनिष सेढार्इंले एक एक गोल गरेका हुन् । खेलको २९औँ मिनेटमा खुमलटारका लागि राईले पहिलो गोल गरे । यस्तै खेलको ५२औँ मिनेटमा केसीले पेनाल्टीमार्फत दोस्रो गोल गरे । खेलको ५८औँ मिनेटमा खुमलटारका लागि घलानले तेस्रो गोल गरे । खेलको ६३ औँ मिनेटमा खुमलटारका लागि राईले चौथो तथा ६५औँ मिनेटमा सेढाँईले पाँचौँ गोल गरेका थिए । 

यसैगरी पुल्चोकका लागि मीनबहादुर गुरुङले खेलको ४०औँ मिनेटमा तथा किश्मत लिम्बूले खेलको ४९औँ मिनेटमा गोल गरेका थिए । जितसँगै खुमलटारले हालसम्म छ खेलबाट १६ अङ्क तथा पुल्चोकले छ खेलबाट एक अङ्क मात्र जोडेको छ । कोरोना भाइरसको महामारीको कारण ‘बी’ डिभिजन लिग गत चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः आजदेखि शुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुनेछ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।