भारत र इंग्ल्याण्डको तेस्रो टेस्ट क्रिकेट आजदेखि

काठमाडौँ : भारत र इंग्ल्याण्डबीचको तेस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुँदैछ । खेल भारतको अहमदाबादमा दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यो खेल रातीसम्म चल्नेछ ।
भारत भ्रमणमा रहेको इंग्ल्याण्डले रात दिन हुने ‘डे नाइट टेस्ट खेल्न लागेको हो । यसअघि भएका दुई टेस्ट दिनमा मात्रै भएका थिए । चार खेलको सिरिजमा दुवै टिमले एक-एक खेल जितेका छन् ।
आजदेखि सुरु हुने तेस्रो टेस्टलाई सिरिज जित्ने टेस्ट मानिएको छ । घरेलु मैदानमा बलियो मानिने भारतलाई रोक्न इंग्ल्याण्डलाई चुनौति छ । पहिलो टेस्ट इंग्ल्याण्डले जित्दा दोस्रो टेस्टमा भारतले जित हात पारेको थियो ।
चार खेलको टेस्टपछि भारत भ्रमणमा रहेको इंग्ल्याण्डले पाँच खेलको टी-ट्वेन्टी र तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पनि खेल्नेछ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया