दाहाल-नेपाल समूह देशभर विजय जुलुस गर्दै

काठमाडौँ : पुष्पकमल दाहाल र माधव कुमार नेपाल नेतृत्वको नेकपाले आज देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौँ उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको हो ।
काठमाडौँमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ । शान्तिबाटिकाको जुलुस मध्यान्ह १२ बजे सुरु हुनेछ ।
यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् । बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने रिजालले बताए । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।
त्यसपछि ओलीबाट अलग्गिएको दाहाल-नेपाल समूहको नेकपाले देशभर आन्दोलनका कार्यक्रम अघि बढाएको थियो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया