च्याम्पियन्स लिगमा लेवानडोस्कीको कीर्तिमान

काठमाडौँ: बार्यन म्युनिखको लाजियोमाथिको जितमा गोल गरेका रोवर्ट लेवानडोस्की च्याम्पियन्स लिगको इतिहासमा तेस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन् । इटालियन विपक्षीसँगको खेलमा मंगलबार एक गोल गरेको पोलिस स्ट्राइकर लेवानडोस्कीको च्याम्पियन्स लिगमा कुल गोल संख्या ७२ पुगेको छ ।
त्यससँगै, युरोपियन क्लब फुटबलको सर्वोच्च लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा लेवानडोस्की तेस्रो स्थानमा उकलेका छन् । यसअघि रियल म्याड्रिडका राउल गोन्जालेज त्यस सूचीको तेस्रो स्थानमा थिए । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा एक सय ३४ गोल रहेको छ भने बार्सिलोनाका लियोनल मेस्सीले एक सय १९ गोल गरेका छन् । त्यस्तै सूचीको पाँचौँ स्थानमा रहेका रियलका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाको नाममा ६९ गोल छ ।
जमाल मुसिअला बने कान्छो गोलकर्ता
बार्यनका १७ वर्षिय एट्याकिङ मिडफिल्डर जमाल मुसिअला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छो इंग्लिस गोलकर्ता बने । लाजियोविरुद्ध एक गोल गरेका मुसिअला बार्यनको इतिहासमा कान्छो उमेरमा गोल गर्ने खेलाडी पनि बने । चेल्सीबाट सन् २०१९ मा बार्यन आएका मुसिअलाले अर्को कीर्तिमान पनि राखे । उनी च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने दोस्रो कम उमेरका खेलाडी बने । बार्सिलोनाका बोयान किर्किकले सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान राखेका थिए ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया