स्वास्थ्यले सच्यायो कोभिड-१९ बाट मृत्यु हुनेको तथ्यांक

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट निधन हुनेको सङ्ख्या सच्याएको छ । मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा कोभिडबाट मृत्यु हुनेको तथ्यांक फरक-फरक थियो । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१८ जना थप गरिएको बताए ।
योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६८४ जना पुगेका छन् । मंगलबार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका संक्रमितको तथ्यांक विश्लेषण गर्दा ६१८ जना थपिएका हुन् ।
उनले मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्यांक विश्लेषण गर्दा ६१८ जना थपिएका जानकारी दिए । “सिसिएमसीले सङ्क्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो”, उनले भने, “सिसिएमसीले प्रस्तुत गरेको तथ्यांकमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो ।” संक्रमणबाट निधन भएका संख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो ।
सोही समितिले कोभिड-१९ बाट निधन भएका कुन हुने र कुन होइन भनेर अध्ययनका आधारमा निधन भएका नयाँ सङ्ख्याको निकालिएको हो । उनले विश्लेषणका आधारमा भविष्यमा पनि निधन सङ्ख्या थपघट हुनसक्ने बताए । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना संक्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन् । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया