च्याम्पियन्स लिगमा रियल म्याड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले संघर्षपूर्ण जित हात पारेको छ । बुधबार राती भएको लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा रियलले एटलान्टालाई १-० गोलले हरायो । रियललाई जिताउन फरल्याण्ड मेन्डीले विजयी गोल गरे ।
उनले खेलको ८६ औँ मिनेटमा गरेको गोल नै रियलका लागि विजयी सावित भयो । त्यसअघि १७ औँ मिनेटमा एटलान्टाका रिमो फ्रेलरले रातो कार्ड खाएर मैदान छाडेपनि १० खेलाडीमा सिमित घरेलु टोलीमाथि रियलले ठूलो दबाब बढाउन सकेन ।
पहिलो लेगमा १-० गोलको अग्रता बनाएको रियलले अब क्वाटरफाइनल पुग्न दोस्रो लेगमा बराबरी खेले पुग्नेछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया