वसन्तको निर्देशनमा काली र अस्मिताको ‘मैना’

काठमाडौं : गायक कालीप्रसाद बास्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत छ । भिडियोको निर्देशन भने वसन्त अधिकारीले गरेका हुन् । ‘जानी नजानी’ निर्देशन गरेका वसन्तले थुप्रै फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी निर्वाह गरेका छन् ।
भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको लोभलाग्दो केमेस्ट्री प्रस्तुत गरेका छन् । भिडियोलाई संकल भुजेलले छायांकन गरेका हुन् भने कृष्ण भण्डारी एन्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ ।
रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया