शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

एनआरएन इन्‍फ्रास्ट्रक्‍चरको २.८५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं : एनआरएन इन्‍फ्रास्ट्रक्‍चर एन्ड डेभलपमेन्‍ट लिमिटेडले आफ्‍ना सेयरधनीहरूलाई दुई दशमलव ८५ प्रतिशत बोनस सेयर बाँड्ने निर्णय पारित गरेको छ ।   साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड ४९ लाख ६३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

कम्पनीले लगानी गरेको हिमालयन पावर पार्टनर लि. ले प्रबद्धन रारेको जिल्ला लमजुङस्थित दोर्दी खोला जलविद्युत अयोजना (२७० मे.वा.) को भौतिक संरचना अन्तर्गतको सुरुङमार्ग लगायत धेरै कार्य सम्पन्‍न भई सकेको कम्पनीले जानकारी दिएको छ । अब चाडै नै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने सम्बन्धी भएको प्रगति विवरणका सम्बन्धमा आयोजनाका प्रमुख निर्देशक गुरु प्रसाद ढकालले जानकारी दिए ।