कहिले बिहेको भिडियो हटाउन दबाब दिने, कहिले फुर्की फुर्की बिहेको कुरा गर्ने

काठमाडौं : ‘मुड स्विङ’ गर्ने मामलामा सेलिब्रेटीलाई भेट्न गाह्रै पर्छ । छिनमै रंगढंग परिवर्तन भइरहन्छ । अघिल्लो चोटि के भनेँ उनीहरूलाई पत्तै हुँदैन । आफैंले बोलेको कुरा काट्ने गरी फेरि बोलिरहेकी हुन्छिन् । आँचल शर्मा यो कुराको उदाहरण हुन् ।
धेरैपल्ट आफूले बोलेको कुरा आफैंले काटेर विवादमा परेकी छिन् । यो लिस्टमा रिमा विश्वकर्माको पनि नाम थपिएको छ । कसरी भनेर बुझ्न चैं लकडाउनको समयमा फर्कनुपर्ने हुन्छ ।
देश लकडाउनले ठप्प भइरहेका बेला सेलिब्रेटी भने थरिथरिका विवादका कारण चर्चामा आएका थिए । कोही महानायक कान्डमा त कोही भारतीय साथीसँग कसरी मुख देखाउने चिन्ताका कारण विवादमा परेका थिए । यही समयमा केही अभिनेत्री भने ‘इनफ इज इनफ’ भन्ने अभियान सुरु गर्दै युट्युबका कन्टेन्ट र कमेन्ट हटाउन लागि परेका थिए ।
मिडियाले लिएका अन्तर्वार्तामा जथाभावी कमेन्ट आएको भन्दै उनीहरूले यस्ता कन्टेन्ट हटाउन दबाब नै दिएका थिए । यतिबेला रिमा विश्वकर्माले पनि केही मिडियालाई आफ्नो विवाह र डिभोर्सका कन्टेन्ट नै हटाउन दबाब दिएकी थिइन् । केही मिडियाले उनको आग्रह मानेर हटाएका पनि थिए ।
यहीबेला उनले विवाह र डिभोर्सको कुराले आफूमाथि मानसिक हिंसा भएको पनि बताएकी थिइन् । तर, बुधबार रिमाले यो मामलामा ‘यु टर्न’ लिएको देखियो । कमेडी च्याम्पियनको दोस्रो सिजनको औपचारिक घोषणा कार्यक्रममा रिमा आफैं बिहेको कुरा गर्न उत्सुक थिइन् ।
उनले पत्रकारसँग हौसिँदै ‘ विवाहको कुरा गर्ने बेला भयो’ भन्दै विवाहका बारेमा खुलेरै कुरा गरिन् । पहिले यही विवाहको कुराले तनाव हुने अनि अहिले चैं खुशी हुने ? दुई तीन महिनाको बीचमा रिमाको जीवनमा के चैं जादू भएछ त ?

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया