थपिए ११२ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप १ सय १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार थप ८४ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७० हजार २ सय २३ जनाले कोभिड जितेका छन् । गत २४ घण्टामा कोभिडबाट एक जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म २ हजार ७ सय ६७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल ८ सय ८२ जना आइसोलेसनमा र ६६ जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म २१ लाख ५३ हजार ६ सय ३६ जनामा पीसीआर परीक्षण गरिएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया