महेन्द्रनारायण निधिको प्रतिमा स्थापना

काठमाडौँ : नेपाली कांग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ । काठमाडौंको बसुन्धारा स्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालभित्र निधिको प्रतिमा स्थापना गरिएको हो ।
नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा उप-सभापति निधिले अस्पतालको नवनिर्मित भवनसमेत उद्घाटन गरे ।
नेपालमा पहाडि भेगको प्रतिनिधित्व गर्दै राजनीतिको शिर्ष तहमा तथा राज्यको महत्वपूर्ण निकायमा पुगेका व्यक्तिहरूको तराईमा प्रतिमा निर्माण गरिने गरिएको भएपनि तराई मधेशको प्रतिनिधित्व गर्दै राजनीतिको शिर्ष तहमा पुगेका व्यक्तिहरूको पहाडी भेगमा खासै प्रतिमा स्थापना गर्ने गरिन्न । तराई मधेशबाट स्थापित नेताहरू मध्ये पहिलोपल्ट स्व. महेन्द्रनारायण निधिको काठमाडौंमा प्रतिमा स्थापना भएको हो ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया