लिभरपुलमा खेलाडीहरूको चोटले ल्याएको संकट

काठमाडौँ : लिभरपुलमा पहिलो रोजाईका तीन रक्षकले चोट बोकेपछि रक्षापंक्ति सम्हाल्ने जिम्मेवारी फाबिन्होको काँधमा आइपुग्यो । तर ब्राजिलियन मिडफिल्डर पनि घाइते भएपछि कप्तान जोर्डन हेन्डरसनलाई आपतकालिन रक्षक बनाईयो । उनी पनि गत साता एभरटनसँगको खेलमा घाइते बने ।
एनफिल्डमा भएको त्यस खेलमा हेन्डरसनलाई प्रतिस्थापन गर्ने थिए, युवा रक्षक नाथनियल फिलिप्स । उनको साझेदार थिए भर्खरै लिभरपुल आएका ओजान काबाक । फिलिप्स र काबाकको जोडी लिभरपुलले यस सिजन प्रयोग गरेको १८ औँ ‘डिफेन्सिभ पार्टनरसिप’ थियो । भर्जिल भान डाइक, जो गोमेज र जोएल माटिप लामो समयसम्म मैदान बाहिर रहने भएपछि प्रशिक्षक योर्गेन क्लपसँग फरक फरक रक्षा साझेदारी प्रयोग गर्नुको विकल्प रहेन ।
गत सिजन लिभरपुलले प्रिमियर लिग जित्दा जम्मा पाँच रक्षक जोडी मात्रै प्रयोग गरियो । भान डाइकले प्रत्येक खेल खेल्दा, उनको साझेदारका रुपमा गोमेज, माटिप र डेयान लोभरेनलाई उपयोग गरियो । फाबिन्होलाई त बिरलै रक्षापंक्तिमा देखियो । तर यो सिजन अवस्था फरक छ ।
सिनियर खेलाडीहरूले चोट बोक्ने क्रम नरोकिएपछि क्लपले एकेडेमीका युवा खेलाडीहरूलाई प्रयोग गरिरहेका छन् । सामान्य अवस्थामा अण्डर-२३ बाट खेल्ने रिस विलियम्सले सिनियर टोलीका १२ खेलमा मौका पाइसके । १९ वर्षका उनी च्याम्पियन्स लिगमा समेत देखिए । लिभरपुल जस्तो ठूलो क्लबमा १९ वर्षीय रक्षकले मौका पाउनु चानचुने कुरा होइन । अर्का युवा रक्षक बिल्ली कोमेटियोले पनि यस सिजन मौका पाए । १८ वर्षीय कोमेटियो च्याम्पियन्स लिगमा मिज्जील्यान्डसँगको खेलमा विलियम्सको पार्टनर थिए ।
२३ वर्षीय फिलिप्स अण्डर-२३ बाट एकैपटक सिनियर टिमको मुख्य रक्षकमध्येका एक बनेका छन् । उनले जारी लिगमा सात खेल खेलेका छन् । जसमा उनले पाँच फरक रक्षकसँग साझेदारी गरेका छन् । जनवरीको सरुवा बजारमा एनफिल्ड आएका काबाक २० वर्षका छन् । जसले हेन्डरसनसँग दुई तथा फिलिप्ससँग एक खेल खेलेका छन् । जनवरी मै आएका बेन डेभिसले भने खेल्ने मौका पाइसकेका छैनन् ।
डेभिसले आउँदा खेलहरूमा मौका पाए, लिभरपुलले यस सिजन प्रयोग गरेको ‘डिफेन्सिभ पार्टनरसिप’ को संख्या सजिलै १९ पुग्नेछ । घाइते भएका फाबिन्हो मैदान फर्किएपछि ‘डिफेन्सिभ पार्टनरसिप’ को संख्या फेरि बढ्नेछ ।
त्यसो त लिभरपुलको रक्षापंक्ति मात्रै चोटले सताइएको छैन । चार रुक्षक घाइते हुँदा, अन्य स्थानमा खेल्ने १४ खेलाडीले पनि विभिन्न समयमा चोट बोक्दै टिम बाहिर बसेको तथ्य छ । यी १८ खेलाडीले लिभरपुलमा कुल एक सय ५५ लिग खेल गुमएका छन् ।
त्यसो त लिभरपुलको रक्षापंक्ति मात्रै चोटले सताइएको छैन । चार रुक्षक घाइते हुँदा, अन्य स्थानमा खेल्ने १४ खेलाडीले पनि विभिन्न समयमा चोट बोक्दै टिम बाहिर बसेको तथ्य छ । यी १८ खेलाडीले लिभरपुलमा कुल एक सय ५५ लिग खेल गुमएका छन् । ती मध्ये भान डाइकले २० खेल गुमाएका छन् भने गोमेज र माटिप क्रमशः १८ र १६ खेलमा देखिएका छैनन् ।
क्लपका स्टार फरर्वाडहरूले पनि कुल ३७ खेल गुमाएका छन् । भान डाइक र गोमेजको चोटले तनावमा रहेका क्लपलाई नयाँ खेलाडी डिएगो जोटाले राहत दिएका थिए । तर पोर्चुगिज फरर्वाडले पनि १२ खेल गुमाइसकेका छन् । अर्का नयाँ खेलाडी थियागोले उति नै खेलमा अनुपस्थित रहे भने ग्रिक रक्षक कोस्तास सिमिकासले ११ खेलमा ।
लिभरपुलले प्रत्येक सिजनको सुरुवात आफूले भाग लिने प्रतियोगिता जित्ने लक्ष्यका साथ गर्छ । ती प्रतियोगिताहरूमा आफ्नो दाबेदारिता प्रस्तुत गर्न अधिकतम खेल खेल्नु पर्ने सामान्य तथ्य त छदैछ । यस्तोमा खेलाडीहरू थाक्ने र उनीहरूका लागि पर्याप्त आराम चाहिने अवस्था पनि आउँछ । तर कोभिड-१९ का कारण रोकिएर सुचारु भएको प्रिमियर लिग सिजनमा क्लबहरूका लागि खेलाडीलाई पर्याप्त आराम दिने मौका कमै थियो । यो सिजन पनि छोटो ब्रेक पछि सुरु भएपछि खेलाडीहरू थकित देखिदै आएका छन् । सामान्य अवस्थामा लामो प्रि-सिजनबाट गु्रजिने लिभरपुलले यस पटक तीन अभ्यास खेल मात्रै खेल्यो । अघिल्ला दुई सिजन लिभरपुलले क्रमशः नौ तथा आठ प्रि-सिजन खेल खेलेको थियो ।
लिभरपुलमा मात्रै होइन अरु क्लबहरूमा पनि खेलाडीहरूले छोटो समय मात्रै आराम गर्ने मौका पाए । जसका कारण धेरै खेलाडीहरूले चोट बोकेको अनुमान गर्न थालिएको छ । उसो त लिभरपुल बाहेका अन्य क्लबहरूले चोटका कारण धेरै खेलाडीहरू गुमाएका छन् । म्यानचेस्टर सिटीका १४ खेलाडीले ९३ खेल गुमाएका छन् । सिटीको सहरी प्रतिद्वन्द्वी युनाइटेडले ११ खेलाडीले ३९ खेल गुमाउँदा लेस्टर सिटीका १५ खेलाडीे ९६ खेलमा अनुपस्थिती रहे । मर्सिसाइडकै अर्को क्लब एभरटनका २० खेलाडीहरूले यो सिजन चोट बोकेका छन् । उनीहरूले एक सय छ खेल गुमाएका छन् ।
लिभरपुलका क्लप धेरै खेलाडी परिवर्तन गरिरहने प्रशिक्षक होइनन् । गत सिजन लिग जित्दा क्लपले जम्म २४ खेलाडी मात्रै प्रयोग गरेका थिए । यस सिजन भने उनले २८ खेलाडी प्रयोग गरिसकेका छन् । तथ्यांक हेर्ने हो भने, लिभरपुलको भन्दा धेरै खेलाडी प्रयोग गरी लिग जित्ने क्लब युनाइटेड मात्रै हो ।
लिभरपुलका क्लप धेरै खेलाडी परिवर्तन गरिरहने प्रशिक्षक होइनन् । गत सिजन लिग जित्दा क्लपले जम्म २४ खेलाडी मात्रै प्रयोग गरेका थिए । यस सिजन भने उनले २८ खेलाडी प्रयोग गरिसकेका छन् । तथ्यांक हेर्ने हो भने, लिभरपुलको भन्दा धेरै खेलाडी प्रयोग गरी लिग जित्ने क्लब युनाइटेड मात्रै हो । जसले २०१० को लिग जित्दा २९ खेलाडी उपयोग गरेको थियो । उता, सिटी भने कम खेलाडी खेलाउँदै लिग जित्ने टोली हो । उसले २०१८/१९ को लिग जित्दा २१ खेलाडी मात्रै खेलाएको थियो ।
फेरि लिभरपुल तर्फ फर्किउ । लिभरपुललाई यो सिजन रक्षकहरूको चोटले सताएको तथ्य लुकेको छैन । पहिलो रोजाइका तीन रक्षकको अनुपस्थितीमा रक्षापंक्तिमा धेरै प्रयोग हुने खेलाडी फाबिन्हो नै हुन् । मिडफिल्डर फाबिन्हो रक्षापंक्तिमा प्रयोग हुँदा लिभरपुलको मिडफिल्ड फिक्का देखिँदै आएको थियो । तर उनी पनि घाइते भएपछि लिभरपुल न त मिडफिल्डमा न त रक्षापंक्तिमा सम्हालिनसकेको छ । उनको अनुपस्थितीमा क्लपले हेन्डरसनलाई समेत पर्याप्त आराम दिन पाएनन् ।
कतिपयको तर्क छ, लिभरपुलले तिब्र गतिमा खेल्ने भएकाले धेरै खेलाडीहरूले चोट बोकेका हुन् । तर, यस्तो तर्क गरिरहँदा लिभरपुलले क्लप प्रशिक्षक बनेर आएदेखि ‘हाइ इन्टेनसिटी’ खेल नै खेलेको छ । फेरि पहिलेका सिजनहरूमा भन्दा यस पटक क्लपले थोरै ‘टे«निङ सेसन’ चलाएका छन् ।
लिभरपुलमा कयौँ खेलाडीहरू मैदान बाहिर रहे पनि, घरेलु लिग र च्याम्पियन्स लिग जितेका अन्य धेरै खेलाडीहरू टिममै छन् । त्यसकारण, लिभरपुलले आउँदा साताहरूमा भएका खेलाडीहरूको उपयोग गर्दै अधिकतम अंक बटुल्ने बाहेकको अर्को विकल्प छैन । जसरी लिभरपुलको मेडिकल विभागले चोटका कारण मैदान बाहिर रहेका खेलाडीहरूको ‘रिकोभरी’ मा खटिरहेका छन्, त्यसरी नै बाँकी खेलाडीहरू भने मैदानमा जितका लागि खटिनुपर्नेछ । (दी एथलेटिकको सहयोगमा)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया