म्यानचेस्टर युनाईटेड र मिलान अन्तिम १६ मा, लेस्टर बाहिरियो

काठमाडौँ : युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र एसी मिलान अन्तिम १६ मा प्रवेश गरेका छन् । बिहीबार राती भएका खेलमा युनाईटेडले रियल सोसिडाडलाई समग्रमा ४-० गोलले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो लेग बराबरी खेलेपनि युनाईटेड पहिलो लेगको अग्रताले अन्तिम १६ मा पुग्न सफल भएको हो ।
यस्तै मिलान भने दोस्रो लेगमा रेडस्टार बेलग्रेडसँग एक-एक गोलको बराबरीमा रोकिएको थियो । पहिलो लेगमा पनि दुवै टोलीले बराबरी खेलेका थिए । समग्रमा ३-३ गोलको बराबरी भएपनि मिलान अवे गोलका आधारमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।
प्रिमियर लिग क्लब लेस्टर सिटी भने युरोपा लिगबाट बाहिरिएको छ । दोस्रो लेगमा स्लाभिया प्रगसँग २-० गोलले पराजित भएसँगै लेस्टर युरोपा लिगबाटै बाहिरिएको हो । यस्तै नेपोली पनि युरोपा लिगबाट बाहिरिएको छ । ग्रानाडासँग दोस्रो लेग जितेपनि समग्रमा ३-२ गोलले पछि परेको नेपोली युरोपा लिगबाट बाहिरिएको हो ।
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

प्रतिक्रिया