पहिलो पल्ट रणवीर-श्रद्धा सँगै

रणवीर कपुरसँग काम गर्ने हरकोही हिरोइनको चाहाना हुन्छ । ‘सञ्जु’ रिलिजपछि फेरि एक पटक रणवीरले आफूलाई अभिनयमा अब्बल साबित गरेका थिए । नत्र त अघिल्ला केही रिलिजले उनको करिअरमा ग्रहणको संकेत गरेका थिए । त्यो पछि रणवीरले दुई फिल्मको काम गरिरहेका छन् ‘ब्रम्हास्त्र’ र ‘शमशेरा’ ।
दुवै फिल्मलाई ठूलो अपेक्षासाथ हेरिएको छ । तर, यसैबीच उनले तेस्रो फिल्म साइन गरेको खबर छ । यो फिल्म हो ‘प्यारका पञ्चनामा’ फेम्ड निर्देशक लव रञ्जनको । यो फिल्ममा रञ्जनले रणवीरको जोडीको रुपमा श्रद्धा कपुरलाई साइन गरेको खबर छ ।
रोमान्टिक कमेडी विधाको यो फिल्ममा रणवीर र श्रद्धाले पहिलोपल्ट स्क्रिन सेयर गर्न लागेका हुन् । फिल्ममा अजय देवगण पनि मुख्य भूमिकामा देखिने चर्चा छ । दीपिका पादुकोन र रणवीर कपुरको जोडी बलिउडमा सुहाउने जोडीको रुपमा परिचित छ । अफेयरमा हुन्जेलमा रणवीर र कट्रिना कैफको जोडी पनि राम्रै मानिन्थ्यो । अहिले रणवीर आलिया भट्टसँग चक्कर चलाइरहेका छन् ।
तर, दुवैले सँगै अभिनय गरेको फिल्म ‘ब्रम्हास्त्र’ रिलिज भइसकेको छैन । त्यसैले जोडीले कस्तो प्रतिक्रिया पाउँछ ? अनुमान मात्र गर्न सकिन्छ । यही बीच श्रद्धा र रणवीरको जोडी बाँधिएको खबर छ । खबर सार्वजनिक भएसँगै दुवैका फ्यान उत्साहित छन् । तर, यो उत्साह फिल्म रिलिजपछि रहन्छ कि रहन्न ? प्रतीक्षाको विषय रहनेछ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया