महिला लघुवित्तको आइपीओ बाँडफाँट : साढे ३७ हजारले पाए, १५ लाखको हात खाली

काठमाडौँ : महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ । शुक्रबार बिहान ८ बजे लघुवित्तले आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आइपीओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन परेको थियो । सोमध्ये ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको छ । जसमध्ये ३७ हजार ५ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भएको छ ।
महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ हो ।
कम्पनीले कुल ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समुहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ। लघुवित्तको सेयरमा ६३ गुणा बढीको आवेदन परेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया