मोटेराको पिच जाँच्ने काम आइसीसीको हो, खेलाडीको होइनः इंगल्यान्ड कप्तान रुट

काठमाडौँ: इंगल्यान्ड क्रिकेट टिमका कप्तान जो रुटले भारतविरुद्धको पराजयका कारण नरेन्द्र मोदी रंगशालाको पिच नभएको बताएका छन् । बिहीबारको पिंक बल टेस्टमा घरेलु टिम भारतसँग १० विकेटको हार ब्यहोरेपछि इंग्लिस कप्तान रुटको यस्तो भनाई आएको हो ।
यद्यपी रुटले मोटेराको पिच टेस्ट क्रिकेटका लागि उपयुक्त भएको वा नभएको भन्ने निक्र्योल अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) ले गर्नुपर्ने बताए । टेस्ट लामो ढाँचाको खेल भएकाले त्यसका लागि कुनै पनि पिच उपयुक्त नभए त्यसको जाँच अइसीसीले गर्नुपर्ने रुटको भनाई थियो ।
‘मोटेराको पिचमा खेल्न सजिलो छैन । तर यो पिच उपयुक्त भएको नभएको भनेर खेलाडीले गुनासो गर्ने भन्दा पनि आइसीसीले जाँच गर्नुपर्ने हो । हामी खेलाडीको काम भनेको खेल्ने हो, पिच जस्तो सुकै होस,’ रुटले भने ।
इंगल्यान्डलाई हराउने क्रममा भारतले पाहुना टोलीलाई ८१ रनमा सिमित गरेको थियो । भारतविरुद्ध उत्कृष्ट बलिङ गर्दै आठ रन खर्चेर पाँच विकेट पलएपनि रुटले आफ्नो टिमको पराजय रोक्न सकेनन् । भारतीय टिमसँग पराजय ब्यहोरेसँगै इंगल्यान्डको विश्व टेस्ट च्याम्पियन्सिपको फाइनल पुग्ने सम्भावना सकिएको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया