साउदीको ऋणमा बुढीगंगा जलविद्युत निर्माणको प्रक्रिया अघि बढ्यो
काठमाडौं : साउदी डेभलपमेन्ट फन्ड (एसएफडी)ले ऋण सहायता दिने भएपछि अछामको बुढीगंगा जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजनाले निर्माणका लागि आशय पत्र खुलाएको छ ।
सन् २०१२ जुलाई ४ मा एसएफडी र अर्थ मन्त्रालयबीच ५० लाख कुवेती डिनार ऋण सहायता भएको थियो । सन् २०१४ मा एसएफडीका तत्कालीन उपाध्यक्ष युसुफ वि इब्राहिम अलबासामले तत्कालीन अर्थमन्त्री रामशरण महतलाई भेटी २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ऋण सम्झौता गरेका थिए । आयोजनाको अमानित कुल लागत प्रशारण लाईनको निर्माणको लागत समेत जोडदा ६० मिलियन अमेरिकी डलर (करिव ६ अर्ब रुपैयाँ) रहेको छ ।
सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन भएको थियो । यस आयोजनालाई सुख्खा याममा ऊर्जाको उच्च माग पूर्ति गर्न विहान चार घण्टा र साझ दुई घण्टा गरी दैनिक चार घण्टा सञ्चालन गर्ने गरी विकास गर्ने उल्लेख छ । आयोजनाबाट औषत वार्षिक १०६.२८४ गिगावाट हावर ऊर्जा उत्पादन हुने र आयोजनाको प्रति किलोवाट लागत प्रशारण लाईन समेत गर्दा २५३० अमेरिकी डलर छ ।
आयोजनाको लगानी फिर्ता हुने अवधि ६.१२ वर्ष रहेको छ । यस आयोजनाको विस्तृत इन्जिनियरिङ्ग डिजाइन र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन गरी आयोजनाको निर्माण विकासको लागि २०१४ जुन १८ तारिखमा साउदी फण्ड फर अरब डेभलप्मेन्टसँग ११२.५० मिलियन साउदी रियल (३० मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैया ३ अर्ब) को ऋण सम्झौता भएको छ । त्यसै गरी २०१२ जुलाई ०४ तारिखमा कुवेती फण्ड फर अरब इकोनोमिक डेभलप्मेन्टसँग ५ मिलियन कुवेती दिनार (१८ मिलियन यू. एस. डलर अर्थात नेपाली रुपैया १.८ अर्ब) को ऋण सम्झौता भैसकेको छ । बाँकी रकम नेपाल सरकारले व्यहोर्ने उक्त ऋण सम्झौतामा उल्लेख भएको छ ।
आयोजनाको कुल कार्यहरु मध्ये साउदी फण्ड फर अरब डेभलप्मेन्ट मार्फत पूर्व निर्माणको पूर्वाधार कार्य (पहुँच मार्ग, कार्यालय भवन, पुल आदि) र कुवेती फण्ड फर अरब इकोनोमिक डेभलप्मेन्ट मार्फत आयोजनाको विस्तृत इन्जिनियरिङ्ग डिजाइन र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन कार्य गरिनेछ भने बाँकी मुख्य निर्माण कार्य र प्रशारण लाईन निर्माणमा संयुक्त रुपमा लगानी गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट का…

नेपाल-बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

वीरगञ्ज नाका : पाँच खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात

प्रतिक्रिया