ओलीकै नेतृत्वमा सरकार रहनेदेखि फेरि मध्यावधि चुनावमा जानेसम्म

काठमाडौँ : नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री तथा टोपबहादुर रायमाझीले आफूहरू हर मोर्चामा भिड्न तयार रहेको बताएका छन् । काठमाडौंँमा आयोजित पार्टीको भेलालाई शुक्रबार सम्बोधन गर्दै निर्वाचनमा होस् वा सदनमा आफूहरू भिड्न तयार रहेको बताए ।
‘निर्वाचनमा भिड्न होस् वा सदनमा । हर मोर्चामा भिड्न तयार छौं,’ उनले भने, ‘अहिले पनि केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । त्यो बुझिराख्नु होला ।’
विघटन बदर भएर प्रतिनिधि सभा पुनःस्थापनापछि अब चार वटा सम्भावना रहेको उनले बताए । दाहाल–नेपाल समूहको नेतृत्वमा सरकार बन्नै नसक्ने बताउँदै अन्य कुनै दलले साथ दिए यसकै नेतृत्वमा सरकार बन्न सक्ने उनले बताए । तर त्यो सम्भावना ओलीसँग पनि रहेको उनको भनाइ छ ।
‘अब सम्भावनाहरु चार वटा छन्,’ उनले भने, ‘पार्टी छोडेर गएका साथीहरूको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । अरु कुनै पार्टीको नेताले जनमतविपरीत प्रधानमन्त्री हुन स्वीकार गरिदियो भने सरकार बन्ने झिनो सम्भावना छ । यो सम्भावना ओलीसँग पनि छ ।'
नेकपा फेरि एक हुनक्ने सम्भावना पनि रहेको उनले बताए । त्यसका लागि दाहाल–नेपाल समूह ओली समूहमा फर्किनुपर्ने उनको भनाइ छ । ‘कानुनी ‘रूपमा नेकपा फुटेको छैन । उहाँहरू(दाहाल–नेपाल समूह) फेरि घर फर्किनु भयो भने ओलीकै नेतृत्वमा निरन्तर गइरहेने सम्भावना पनि छ । तर साथीहरू पर गइसक्नु भएको छ ।’
चौथो विकल्पमा पुनः प्रतिनिधि सभा विघटन भएर मध्यावधि चुनावमा जाने स्थिति पनि आउन सक्ने उनले संकेत गरे । ‘छोडेर गएकाले सरकारले बनाउने सम्भावना छैन,’ उनले भने, ‘अरु कुनै दलले पनि सरकार बनाउन मानेन भने के हुन्छ ? यही सरकार चलिरहन्छ । अविश्वासको प्रस्ताव पनि फेल भयो भने के हुन्छ ? सके सरकार बनाउने नभए कसैको सरकार बनेन भने फेरि मध्यावधि चुनावमा जाने सम्भावना पनि त्यतिकै छ । त्यो परिस्थिति एक नम्बरमा छ ।'

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया