'बी' डिभिजन लिग : सातदोबाटो युथ क्लबबाट खुमलटार युथ क्लब पराजित

काठमाडौँ : राजधानीमा जारी सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो ।
सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे । खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए । जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ । सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ । खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया